• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
१८ विद्यालयलाई प्रयोगशाखा व्यवस्थापनका लागि २७ लाख अनुदान
रविन भट्टराई प्रकाशित मिति: शनिबार, आश्विन ७, २०७४

ताप्लेजुङ ७, असोज । एक आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाका अठार वटा विद्यालयमा गणित र विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि मात्र २७ लाख रुपैयाँ अनुदान वितरण गरीएको छ ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार सरकारले १८ वटा माध्यमिक विद्यालयलाई प्रति विद्यालय १ लाख ५० हजारका दरले अनुदान रकम वितरण गरीएको हो । 

अनुदान रकम वितरण गरीएका विद्यालयहरुमा फुङ्लिङ सदरमुकामको भानुजन मावि, युवा वर्ष मावि, थेचम्बु मावि थेचम्बु, कालिका मावि नाङखोल्याङ, शारदा मावि थुम्बेदिन, जनता मावि हाङ्देवा, त्रिभुवन मावि थुकिमा, कालिका मावि तिरिङ्गे, राष्ट्रिय मावि पेदाङ, परमसिहदेवि मावि निघुरादिन, मैवाखोला मावि ढुङ्गेसाँघु, शिद्धेश्वरी मावि सादेवा, गुप्तेश्वर मावि फुलबारी, कञ्चनजंघा मावि याम्फुदिन, सिम्बु मावि फावाखोला, शिंहकालि मावि थिङलाबु, आम्बेगुदिन मावि आम्बेगुदिन र बाल्देन मावि पापुङ रहेको जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाले जानकारी दिनुभयो । 

ती विद्यालयलाई सरकारले गत आर्थिक वर्षमानै प्रति विद्यालय १ लाख ५० हजारका दरले रकम प्रदान गरेले अधिकाँसमा प्रयोगशाला निर्माणका लागि सामाग्रि खरीद गरी प्रयोगशाला सञ्चालनमा आएको जिशिअ निरौलाको भनाई छ । 

केहि विद्यालयले रकम लगे पनि प्रयोगसाला निर्माण नगरेको गुनासो आएकाले अनुगमन गरी स्पष्टिकरण सोध्ने निरौलाको भनाई छ । एउटा विद्यालयमा कक्षा १२ सम्मका लागि प्रयोगशाला निर्माण गर्न कम्तिमा पनि ३०/३५ लाख रुपैयाँ लाग्ने भानुजन माविका प्रधानध्यापक किसोर कुमार राई बताउनुहुन्छ । 

आफुहरुले विद्यालयकै लगानियमा केहि वर्ष अघि देखिनै प्रयोगशाला सञ्चालनमा ल्याएको बताउँदै सरकारले शिक्षा कार्यालय मार्फत दिने सानु रकमले मर्मत र साना सामाग्रि खरिद गर्न मात्रै पुग्ने शिक्षक राईको भनाई छ । अन्य केहि विद्यालयले भने रकम लगे पनि सो रकमले लगानि नै नगरेको अभिभावकहरुको गुनासो रहेको छ । 
 

Comments