• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
अन्तर्राष्ट्रिय
इरानी राष्ट्रपति रुहानीको अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस्तो कडा जवाफ
प्रकाशित मिति: बिहीबार, आश्विन ५, २०७४

एजेन्सी ५ असोज । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ दिएका छन् । 

संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिएका हुन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थिए । परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबिच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका थिए ।

ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताएका थिए ।  त्यसको जवाफमा महासभामा बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई अन्तर्रा्ष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरेका हुन ।

रुहानीले आफ्नो देशले पहिले परमाणु सम्झौता उल्लंघन नगरेको दाबी गरेका छन् । तर कसैले उल्लंघन गरेमा वा आफ्नो देशलाई हानी गर्न खोजेमा इरानले त्यसको जवाफ भने दिने रुहानीको भनाई छ । ट्रम्पले परमाणु सम्झौता भंग गरेमा त्यो निकै दयनीय अवस्था हुने उनले बताएका छन् । 

Comments