• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
खेलकुद
खुला व्याडमिन्टन प्रतियोगिताको उपाधि सुजन र नवीनलाई
प्रकाश धौलाकोटी प्रकाशित मिति: आइतबार, आश्विन १, २०७४

तेह्रथुम, १ असोज। तेह्रथुमको म्याङलुङ्गमा सम्पन्न प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि सुनसरीको धरानका सुजन श्रेष्ठ र नविन श्रेष्ठको जोडीले जितेको छ । तेह्रथुम कबर्ड हलमा आइतबार भएको फाइनल खेलमा लालीगुराँस नगरपालिका तेह्रथुमका विशाल तामाङ र सुवास तामाङको जोडीलाई पराजित गर्दै श्रेष्ठ जोडीले उपाधि चुमेको हो ।

उपाधिसँगै श्रेष्ठ जोडीले नगद ४० हजार, कप मेडल र प्रमाण पत्र हात पारेको छ । दोश्रो बनेको तामाङ जोडीले नगद २५ हजारसहित कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । विराटनगरका विशाल खड्का र उज्वल खड्काको जोडी तृतीय भएको छ । खड्का जोडीलाई नगद १५ हजारले पुरस्कृत गरिएको आयोजक तेह्रथुम व्याडमिन्टन संघका महासचिव महेश आचार्यले बताउनुभयो ।

यस्तै ४५ वर्ष भन्दा माथिका खेलाडीतर्पm दिपक लामा र श्याम लामाको जोडी विजयी भएको छ । धनकुटाकै योगेश श्रेष्ठ र किरण प्रधानको दोश्रो भयो । उनीहरुलाई क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँले पुरस्कृत गरिएको छ । पर्यटन प्रवर्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पुर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् ।

गतवर्ष यहाँका चार जना युवाहरुले व्यक्तिगत लगानीमा कवर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलो पटक ठुलो व्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कबर्ड हल बनाएका थिए ।

Comments