• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
अन्तर्राष्ट्रिय
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८ पुग्यो
प्रकाशित मिति: शनिबार, भाद्र २४, २०७४

एजेन्सी मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।  दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर शुक्रबार ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पका कारण दुई सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो । भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् ।

त्यहा ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटीले जनाएको छ । यस्तै चियापासमा १० तथा ताबास्कोमा तीन जनाको शव भेटिएको कमिटीले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।

Comments