• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
अन्तर्राष्ट्रिय
पाकिस्तानको दक्षिणमा डेंगुका कारण १७ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, भाद्र २१, २०७४

२१ भाद्र । पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ ।

लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ । उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Comments