• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
अन्तर्राष्ट्रिय
अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी
प्रकाशित मिति: सोमबार, भाद्र १९, २०७४

१९ भाद्र । अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी भएको छ ।

क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा इतिहासकै सबैभन्दा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमाा आपतकालिन अवस्था घोषणा गरिएको छ । लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार ला टुन क्यानयोनबाट सुरु भएको आगलागी अहिले पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण तीनवटा घर जलेर नष्ट भएका छन् । यस्तै त्यसक्षेत्रको मुख्य बाटो द २१० फ्रिवे बन्द गरिएको छ । लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभएको छ । 


 

Comments