• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको गोलाखर्कस्थित एक बाल अनाथलय संकटमा÷ स्रोत र आवास भवनको अभाव
  • पूर्वी नाकामा भन्सारद्वारा चेकजाँचमा कडाई÷चोरी पैठारी घटेको भन्सार प्रमुखको दावी
  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका अधिकांश वडा बर्षौदेखि विद्युत बिहिन
  • झापाको एक विद्यायमा अनौठो संयोग एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी÷शिक्षकलाई छुट्टयाउनै हम्मे हम्मे
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
खेलकुद
सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया फुटसल कप सुरु
प्रकाशित मिति: आइतबार, भाद्र १८, २०७४

ललितपुर, १८ भाद्र । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आजदेखि सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया फुटसल कप सुरु भएको छ ।

गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा सुरु भएको प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गर्नुभएको थियो । अध्यक्ष आचार्यले दुखमा परेका सञ्चारकर्मी वा परिवारकोे सहयोगका लागी सबै पत्रकार संगठित हुनु सकारात्मक पाटो भएको बताउनुभयो । खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गरिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक केशव थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । समूह चरणको खेल लिग आधारमा हुने र समूहका उत्कृष्ट दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । द्धितिय हुने टिमलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । त्यस्तै, फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ ।

Comments