• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
खेलकुद
आजबाट फुटसल लिग सुरू, विजेताले पाउनेछन् नगद ५ लाख
प्रकाशित मिति: बिहीबार, भाद्र १५, २०७४

काठमाडाैँ, १५ भाद्र । अखिल नेपाल फुटबल संघ एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दैछ ।  

विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्को गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले आधिकारिक लिग सुरु गरेको हो । १६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार हात पार्नेछ । यही प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ । ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
 

Comments