ललितपुर, ९ भाद्र । राजधानीमा जारी अन्डर –१५ साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनल खेल आज हुँदै छन् ।
आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सुरु हुनेछ । यसैगरी भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुनेछ । ६ टोली सहभागि प्रतियोगितामा समुह ए बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो । यस्तै, समुह बी बाट भारत र नेपालले अन्तिम चारमा स्थान बनाउँदा दुवै खेलमा फराकिलो हार भोगेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो । उता, नेपालको प्रतिद्वन्द्वी बंगलादेश भने समुह चरणमा सतप्रतिशत विजयी नतिजा निकाल्दै सेमिफाइनल आइपुगेको हो ।


