दमक, ५ भाद्र । पूर्वाञ्चलमा निकै प्रशिद्धी कमाएको धार्मिक तिर्थस्थल पाथिभरा मन्दीरमा संकलित दुइ ट्रक भेटि पैसा आज दमक आइपुगेको छ ।
माता पाथिभराको मन्दिरमा दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनले चढाएको भेढि वापतको खुद्रा (डलर) पैसा बिगत पाँच वर्षदेखि अव्यस्थित रुपमा मन्दिर परिसरमानै थन्कीएको थियो । सो पैसा दमक स्थित कन्काई बिकास बैङको केन्द्रीय कार्याल दमकले सरफाई गरि सट्हिका लागि ल्याएको बैकका सेवक दाहालले जानकारी दिनुभयो । दुईवटा ट्रकमा ल्याइएको उक्त पैसा करिव ५० लाख रहेको पाथिभरा मन्दर व्वस्थापन समितीले अनुमान गरेको छ ।