झापा, १ भाद्र । कमल गाउँपालिकाका बिभिन्न स्थानमा विस्थापित भएर आश्रय लिई रहेका पिडीतहरुलाई बिहिबार रेडक्रसले बिभिन्न राहत सामाग्री प्रदान गरेको छ ।
रेडक्रस लखनपुर उपशाखाले घर पूर्ण क्षती भएका ५० परिवारलाई त्रिपाल, व्लाङ्केट,भाँडा तथा कपडा सहितको राहत प्याकेज प्रदान गर्यो । यस्तै उनीहरु सहित कुल १ सय ३५ परिवारलाई १० केजी चामल सहित अन्य खाद्यसामाग्रीहरु पनि प्रदान गरेको उपशाखा सभापति चन्द्र शाहाले बताउनुभयो । यस्तै रेडक्रस उपशाखा दमकको संयोजनमा ३० परिवारलाई राहत प्रदान गरिएको छ । उच्च शिक्षालय तथा मावि संघ–हिसान झापाको तर्फबाट उपलव्ध गराईको राहत संघका केन्द्रिय सदस्य जयबहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष सुरेशबहादुर पौडेल, रेडक्रस उपशाखा सभापति लिला गुरागाँई, कोषाध्यक्ष गीता अधिकारी, वडाध्यक्ष केदार कटुवाल लगायतले प्रदान गर्नुभयो । प्रति परिवार १० केजी चामल, चिउरा, तेल, नुन, सावुन, मन्जन,ब्रस तथा भुजिया सहितको राहत प्याकेज प्रदान गरिएको हिसानका जिल्ला सदस्य टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।



