• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
मोफसल समाचार
दूधको मूल्य बढ्यो, लिटरमा कति ?
प्रकाशित मिति: बिहीबार, भाद्र १, २०७४

१ भाद्र । आजदेखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढोको छ ।

दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ । दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै आजदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो । एक प्याकेट आधा लिटर दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो । बोर्डका अनुसार बढेको मूल्यमा किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउनेछन् । दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ थप पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन् ।

सरकारले तीन वर्षपछि दूधको मूल्य बढाउन स्वीकृति दिएको हो । यसअघि २०७१ सालमा दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ बढेको थियो । डेरी उद्योग संघ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले तीन वर्षपछि दूधको मूल्य बढेको बताउँदै बढेको मूल्यमा सबैभन्दा बढी किसानलाई फाइदा पुग्ने बताउनु भयो ।  उहाका अनुसार दूधको मूल्य बढेपछि दूधबाट बन्ने अरु परिकारको मूल्य पनि बढ्नेछ । उहाले एक÷दुई दिनभित्रै दूध बाहेक घिउ, दही, पनिर लगायतका वस्तुको मूल्य समेत बढ्ने जानकारी दिनु भयो । 

Comments