रौतहट, २९ साउन । बाढीले कटान गरेको सडकमा जीप दुर्घटना हुँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
प्रसुती गराउन रौतहटको राजपुर फरदहवा स्वास्थ्य चौकी लैजाने क्रममा परोहा गाउँपालिका–३ लौकाका चन्दन यादवको परिवार दुर्घटनामा परेको हो । मृत्यु हुनेमा चन्दनसहित उनकी श्रीमती शर्मिला यादव, छोरी छोटु कुमारी, भतिजा सरोज यादव, भाउजु ललिता देवी र आमा सुमित्रा देवी छन् । उनीहरुले भारतीय नम्बर प्लेटको जीप चढेर स्वास्थ्य चौकी जाँदै थिए । नहरले शनिबार सय मिटर सडक कटान गरेको स्थान राजपुर फरहदवाबाटै चालकले जीप लैजाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ । जीप चालक भने फरार छन् ।



