• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
मोफसल समाचार
कञ्चनपुरमा महाकाली नदीले किनारको जमिन कटान गर्न सुरु, स्थानिय त्रसित
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

महाकाली, २७ साउन । विगत केही दिनयताको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव वढेसंगै नदि किनारको जमिन कटान गर्न सुरु गरेकाे  छ ।  

नदिमा पानीको वहावमा बढेसंगै नदि किनारमा लगाएको तटबन्ध भत्काउन थालेको छ । कञ्चनपुरको भिमदत्तनगर नगरपालिका ११ भुजेला क्षेत्रमा लगाइएको तटबन्धको स्पर्महरु नदि ले भत्काउन सुरु गरेको छ । नदिले स्पर्म भत्काउन सुरु गरेपछि भुजेला तथा त्यस आसपास क्षेत्रका सर्वसाधारण भयवित बनेका छन । समयमानै सम्बन्धित सरोकारवाला सम्बेदनशिल नबनिदिदा तटवन्धमा पर्ने ३ र ४ नम्वर स्पर्म भत्किनलागेको स्थानियले गुनासो गरेका छन । बर्षातका बेला महाकाली नदि मा आउने वाढिका कारण यस क्षेत्रमा हरेक वर्ष समस्या आउने गरेको छ । प्रत्येक बर्ष एउटै समस्या भोग्दै आइरहेका यहाँका स्थानीयहरुले समस्याको दिगो समाधानको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेका छन ।


क्षतिपुगेका स्पर्महरुलाई तत्कालका लागी जिल्ला स्थित दैविप्रकोप उद्धार समिति मार्फत यिन्त्रणको कामगर्ने र पछि दिगो रुपमा व्यवस्थापनका लागी जनताको तटबन्ध मार्फत पहल गरीने भएको छ । विगत केहि दिनयता भएको लगातारको बर्षाले मुलुकका प्रायसबै स्थानहरु प्रभावित बनेका छन ।

Comments