• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
डा. केसीकाे माग सर्मथनमा महाकाली अञ्चल अस्पतालको ओ.पि.डि सेवा ठप्प
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

२७  साउन ।  सुदुर पश्चिममा रहेको महाकाली अञ्चल अस्पतालको ओ.पि.डि सेवा ठप्प भएको छ । 

विगत लामो समय देखि स्वस्थ्य सेवा संग सम्विन्धित विभिन्न माग हरु राख्दै अनसनरत डा. गोविन्द केसीले उठाउनु भएका मागहरुको समर्थनमा अनिश्चिितकालीन सेवा ओपिडि सेवा बन्द  गरिएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुले अत्यावश्यक बाहेक ओपिडि सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन । डा. केसिले उठाएको मागहरुको अविलम्व सम्वोधन गर्नु पर्ने भन्दै चिकित्सकहरुले आज विहानैबाट हातमा कालो पट्टी बाधेर ईमरजेन्सी वाहेकका सवै सेवाहरु बन्द  गरेका छन । अस्पतालमा अनिश्चिितकालीन सेवा वन्द  गरिएपछि सर्वसाधारण विरामिहरु नीजि क्लिनिकहरुमा उपचार गराउन बाध्य भएका छन, केहि भने छिमेकी मुलुक भारत तर्फजान थालेका छन ।

Comments