• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
बाघ जात्रा यसवर्ष चितवनको नारायणगढमा
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

चितवन, २७ साउन । बन्दिपुरे नेवारी समुदायको प्रचलनमा रहेको बाघ जात्रा यसवर्ष चितवनको नारायणगढमा देखाइने भएको छ । 

भाद्र कृष्ण पञ्चमीका दिन देखाइने यो जात्रा आगामी साउन २८ गते नारायणगढको पोखरा बसपार्कबाट सुरु गरिने लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ । नेवारी समुदायमा प्रचलनमा रहेका विभिन्न जात्राहरुमध्येको बाघ जात्राको छुट्टै संस्कृति रहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र कुमार पियाले बताउनुभयो । लाखे नाच, गाईजात्रा, रोपाईँ जात्रा, भैरव नाच जस्तै बाघ जात्रा पनि आफ्नै पहिचान बोकेको नाच भएको पियाको भनाइ छ । परापूर्व कालमा नेवारी बस्तीमा बाघ प्रवेश गरि घरपालुवा जनावरलाई आक्रमण गर्ने र दुख दिने थालेपछि बाघ जात्रा निकालेपछि बाघको आक्रमण कम भएको किम्बदन्ति अनुसार बाघ जात्रा मनाउन थालिएको किम्मदन्ति रहेको पाईन्छ ।

बाघ जात्रा निकाल्ने दिन बिहान जात्राको बारेमा जानकारी दिन बाजा गाजा सहित बेलुका बाघ नचाइने भएको छ । बाघ जात्राको दिन बिहान सबैलाई निमन्त्रणा गरेपछि बालबालिका तथा युवाहरुलाई कुकुर र शिकारीको भेषमा सिंगारेर दिनभरी बाघको खोजीमा जाने र बेलुका बाघ भेटाएपछि जात्रा निकालिने प्रचलन रहेको छ । 

Comments