• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
मोफसल समाचार
भिडभाड कम गर्न बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुपनको शुरुवात
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

धरान, २७ साउन ।  सधैजसो भिडभाड हुने स्वास्थ्य संस्थामध्येको एक हो धरानमा रहेको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान । जति बिरामीको चाप हुन्छ त्याहा त्यती नै त्यहाबाट प्रदान गरिने सेवा अस्तब्यस्त हुने गरेको गुनाशो बढ्ने गर्छ । यसैलाई मध्यनजर गर्दै प्रतिष्ठानले अहिले ओपिडीमा बिल काट्ने विरामीका लागि कुपनको शुरुवात गरेको छ ।

प्रतिष्ठानको ओपिडीमा उपचार गराउन आउने विरामीका लागि तीनवटा काउन्टरबाट बिल काट्दा घुइचो हुने, पालो मिचिने र लाइन बस्नेबीच नै पालोको विषयमा विवाद बढ्न थालेपछि यसलाई व्यवस्थित गर्न प्रतिष्ठानले कुपन सिस्टम लागू गरेको छ । विरामीले बिना झन्झट कुर्सीमा बसेर पालो कुर्न पाइने र धैरै पछाडि पालो भए अर्को काम सकेर पनि विल काट्न आउन सकिने भएकोले आफूहरुलाई सहज भएको धरान ६ पानबारीका श्याम पोख्रेल बताउनुहुन्छ । 

भीडभाड नियन्त्रणमा सहयोग मात्र हैन सेवाग्राहीहरुलाई भने यो सिस्टमले ठूलो राहत मिलेको इटहरीबाट प्रतिष्ठानमा उपचारका लागि आउनु भएका भोला वास्तोलाको भनाइ छ । बिगतमा बिभिन्न समस्या लिएर प्रतिष्ठान आउने मोरङ बेलबारीकी स्मृती थापालाई पनि यो नियम लागू भएकोमा खुसी लागेको छ । अब भने धेरै हैरानी खेप्नुपर्ने बाध्यता हटेर जानेमा उहा बिश्वस्त देखिनुहन्छ । 

बिल काउन्टरमा काम गर्ने कर्मचारीले पनि विरामीको भीडभाड कम हुने र पालो कुपनमा उल्लेख गरेको नम्बर अनुसार बिल काट्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने गरकोे बताएका छन् ।  दुई बर्ष अगाडि नेपाल विद्युत प्राधिकरण शाखा धरानले ग्राहकको भीडलाई मध्यनजर गरी शुरुवात गरेको कुपन सिस्टम अहिले आधा दर्जन यस्ता जनसरोकारका कार्यालयहरुमा लागू गरिएको छ । यसको प्रभाकबारितालाई हेर्दै अन्य जनसरोकारका कार्यालयमा समेत यो प्रबिधि लागू गर्न आवस्यक देखिन्छ ।

Comments