• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
मोफसल समाचार
दमकमा नाै हजार बढी सवारी साधन कारबाहीमा
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

 दमक, २७ साउन । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले वितेको अघिल्लो आर्थिक वर्ष ०७२-०७३ भन्दा गत आर्थिक वर्षमा झण्डै दोब्बर बढीले राजश्व असुली गरेको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकले विभिन्न समयमा गरेको चेक जाँचका क्रममा वितेको अघिल्लो आर्थिक वर्षमा सवारी नियमा उल्लंघन गरि संचालनमा आएका ठु्ला तथा साना गरि ९ हजार ३ सय ५० वटा सवारी साधनहरुलाई कारबाही गरेको थियो । जस बाट प्रहरीले राजश्व वापत ४० लाख ४२ हजार ८ सय रुपैया असुली गरेको थियो । तर वितेको आर्थिक वर्ष ०७३-०७४ मा १२ हजार ५० सवारी साधनहरुलाई कारबाही गर्दा ७४ लाख ९८ हजार रुपैया असुली गरेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसैगरि वितेको अघिल्लो आर्थिक वर्ष ०७२-०७३ इलाका ट्राफिक प्रहरी कार्यालय दमकको क्षेत्राधिकार भित्र भएका १ सय ५१ वटा सवारी दुर्घटना हरुमा परि २० जनाको ज्यान गएको जनाइएको छ । गत आर्थिक वर्ष ७३-७४ मा १ सय ३९ वटा सवारी दुर्घटना हुदाँ २५ जनाको ज्यान गएको छ । यसरी नै इलाका ट्राफिक प्रहरी कार्यालय दमकले विभिन्न समयमा सवारी नियम सम्बन्धिका जनचेतना मुलक अभियान संचालन गर्नुका साथै सिटी सफारीहरुलाई नियमसंगत संचालनमा ल्याउन विभिन्न प्रयासहरु समेत गर्दै आइरहेको जनाइएको छ ।

Comments