• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
अन्तर्राष्ट्रिय
कोरियाले अमेरिकामाथि आक्रमण गरे नराम्रोसँग पछुताउनुपर्ने ट्रम्पकाे चेतावनी
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४

२७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरे उसले नराम्रोसँग पछुताउनुपर्ने चेतावनी दिएका छन् । 

उनले उत्तर कोरियाले जारी राखेको हर्कत नरोके ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । अहिलेसम्म कमै राष्ट्रले भोगेको दुर्दशा उत्तर कोरियाले भोग्नुपर्ने उनको भनाइ थियो । उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा चार वटा मिसाइल हान्ने चेतावनी दिएपछि ट्रम्पको प्रतिक्रिया आएको हो । उत्तर कोरियाले जुलाइमा अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै गएको छ । अमेरिकाको न्यूजर्सीमा बोल्दै ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका सधैं तयार रहेको बताएका छन् । उनले उत्तर कोरियाको विषयलाई लिएर आफूले अहिल्यै कडा प्रतिक्रिया नदिएको जिकिर गरेका छन् । यसअघि ट्रम्पले कोरियामाथि आगो बर्साउने चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पको चेतावनीलाई उत्तर कोरियाले भने बकवास भन्दै आएको छ ।  
 

Comments