• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
स्वास्थ्य
डा. केसीको मागमा सरकार गम्भिर नबनेको भन्दै झापाको दमकमा पनि विरोध
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४

दमक २६ साउन । अनसनरत डा. गोविन्द केसीको माग र उहाँको जिवन प्रति सरकार गम्भिर नबनेको भन्दै आज झापाको दमकमा पनि यसको विरोध गरिएको छ । 

चिकित्सा क्षेत्रका विभिन्न माग राखेर विगत केहि साता यता अनसन बस्नु भएका केसीको सर्मथनमा दमकका केही युवाहरू स्वत स्फुर्त रूपमा दमककाे गणतन्त्र चाैक उपस्थित भएर मौन विरोध जनाएका छन ।

दमक गणतन्त्र चौकमा मौन उभिएर सरकारले केसीको मागप्रति तत्तपर्ता नदेखाएकोमा विरोध गरेका हुन । केसीको मागलाई समर्थन गर्दै सरकारलाई दवाव दिने र केसीको जीवन रक्षाको मागगदै मौन विरोध प्रर्दशन गरिएको सो अभियानका संयोजक उमेश खनालले जानकारी दिनुभयो ।

चिकित्सा क्षेत्रका विभिन्न विषयहरुको सुधार माग गर्दै कसी ११ औ पटक अनसन बसेको आज १८ दिन पुगेको छ । 

Comments