• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
आर्थिक अभाबले उपचारमा समस्या
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४

 झापा २६ साउन ।  झापाको शिवसत्ताक्षी नगरपालिका ११ का ३८ बर्षिय हस्त बहादुर तामाङको आर्थिक अभाबले थप उपचार गर्न समस्या भएको छ ।

तामाङको करिब दुइ महिना अघि दमकस्थित लाईफ लाइन अस्पतालमा अण्डकोषमा समस्या देखिएपछि अप्रेसन गरिएको थियो । तर तामाङको अप्रेसन पछि पनि समस्या ठिक नभएपछि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल अस्पातल सम्म पुरयाइसकेको परिवार स्रोतले जनाएको छ ।

तामाङको स्वास्थ्य अवस्था झन झन जटिल बन्दैगएपछि आर्थिक अभाबका कारण थप उपचार गर्न नसकेको आमा पुर्णिमाया तामाङले गुनासो गर्नुभयो ।

चिकित्सकले तामाङको पेटको दायाँ बायाँ दुबैभागमा अप्रेशन गरेका थिए । तर अप्रेसन पछि घाउ निको हुनुको सट्टा झन बढ्दै जादाँ मल मुत्र समेत पेटबाट नै निश्कन थालेपछि विरामीको अवस्था जटिल बन्दै गएको छ । चिकित्सकले दमकमा थप उपचार गर्न नसकिने बताएपछि विरामीलाई धरान लगिएको थियो ।

तर धरानमा धेरै खर्च लाग्ने बताएपछि आर्थिक अभाबका कारण विरामी छोरालाई घरमा नै फिर्ता ल्याएको विरामीकी आमाले बताउनुभएकोछ । 

Comments