• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्छ : सञ्चारमन्त्री बस्नेत
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४

काठमाडौ, २४ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आज काठमाडौमा आयोजित स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाले अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।  मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताउँदै यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्ने बताउनुभयो ।

उहाले अब हुने स्थानीय तहको निर्वाचनमा संविधान संशोधन गरेर भएपनि असन्तुष्ट पक्षलाई समेत सहभागी गराउने सम्बन्धमा सरकारले पहल गरिरहेको धारणा राख्नुभयो ।

Comments