ताप्लेजुङ साउन २१, आईतबार (भोलि) बाट ताप्लेजुङमा सुरुहुने दास्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता सञ्चालनका लागि खेल मैदान लगायतका भौतिक संरचना निर्माणको काम पुरा भएको आयोजकले बताएको छ ।
ताप्लेजुङ जिल्ला फुटवल संघको प्राविधिक सहयोग साथै लाखे जात्रा खेल सञ्चालन समितिको आयोजनामा जिल्ला स्थित भानु जन माविको खेल मैदानमा हुने खेलको लागि खेल मैदानको स्तरोन्नती, दर्शकका लागि अस्थायी बाँसको प्याराफिट निमार्ण लगायतका कार्य सकिएको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो ।
अब सो खेल अवधिभर सहभागि हुने खेलाडिहरुका लागि आवास सहितको व्यावस्थापनको टुङ्गो आज बेलुका सम्ममा लगाउने गुरुङको भनाई छ । यस अघि जनै पूर्णिमाका दिन सम्पन्न हुने प्रतियोगिता यस वर्ष भने प्राविधिक समस्याका कारण केहि ढिला गरि सुरु हुने लागेको हो ।
जिल्लाका २ टिम साथै जिल्ला वाहिरका ८ टिम सहभागि हुने खेलको यस अघि नै खेल तालिका समेत सार्वजनिक भई सकेको छ । जस अनुसार पहिलो खेलमा भोली नव प्रयास यूवा क्लव ताप्लेजुङ र रेड हर्स क्लव इलाम बिच हुनेछ ।
२२ गतेवाट सुरुहुने खेलको समापन साउन ३० गते श्रीकृष्ण जन्माष्टिमीको अवसरमा हुने छ । खेलको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ नगद प्राप्त गर्ने आयोजकले वताएको छ ।


