• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
स्वास्थ्य
विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने कतारकाे तयारी
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४

२० साउन । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ ।

 विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदा अनुसार कतारी महिलासंग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नया कानुन अनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन्  । हाल कतारमा करिब २७ लाख मानिस भए पनि ३ लाख मात्र कतारी नागरिक छन् ।  
 

Comments