• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
खेलकुद
नेप्लीज क्रिकेट एशोसिएसन अष्ट्रेलियाको सभापतिमा रुपक
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४

१९ साउन । नेप्लीज क्रिकेट एशोसिएसन अष्ट्रेलियाको सभापतिमा रुपक चुडाल चयन भएका छन् ।

यसअघि सचिव रहेका चुडालले अष्ट्रेलियामा रहेको नेपाली समूदायबीच क्रिकेटको विकास र विस्तारका लागि आफु क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । संस्थाको तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसअघि ५ वर्ष लामो सेवाका लागि पूर्वसभापति अजय क्षेत्रीलाई धन्यवाद पनि दिइएको छ । उनी अब संस्थाको सल्लाहकार रहनेछन् । यसैगरी सल्लाहकारमा नै चितवन क्रिकेट एशोसिएसनका पूर्वअध्यक्ष निरज श्रेष्ठलाई समेत मनोनयन गरिएको छ । यससँगै कार्यसमितिको सचिवमा समिर पौडेल नियुक्त भएकछन् ।

लीलानाथ ढकाल, निरज खाती, शंकर मैनाली, नारायण पोखरेल, करण श्रेष्ठ, निर्मल कँडेल र सनत आचार्य पनि कार्यसमितिमा रहनेछन् । नयाँ कार्यसमितिले आगामी वर्ष क्लबहरुको वर्गीकरण गर्ने र त्यसकै आधारमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । यसले स्तरीय प्रधिस्पर्धा र खेलाडीको क्षमता बृद्धि हुने अपेक्षा गरिएको छ । यसअघिदेखि सञ्चालनमा रहेको नेक्का टी ट्वान्टी, नेक्का सुपर सिक्स, नेक्का वन डे प्रतियोगिता पनि यथावत नै राख्ने पनि संस्थाले जनाएको छ । सिड्नीमा रहेका नेपाली क्रिकेट क्लबहरुको यो संस्थाले अन्य राज्यमा रहेका क्रिकेट क्लबहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको सभापति रुपक चुडालले बताएका छन्  ।

Comments