• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
स्वास्थ्य
फोकल्याण्ड टापुका विरामीहरु उपचार पछि घर फर्किए
बिबेक भट्टराई प्रकाशित मिति: बुधबार, साउन १८, २०७४

 सुनसरी १८ साउन  सुनसरी र मोरङको सिमा क्षेत्रमा रहेको फोकल्याण्ड टापुका विरामीहरु उपचार पछि घर फर्किएका छन् । बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना भएका विरामीहरु स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका हुन । 
फोकल्याण्ड टापुका विरामीमा लेप्टोस्पाईरोसिस रोगको संक्रमण भएको पुष्टि भएको छ । केन्द्रीय प्रयोगशालामा विरामीको रगत परिक्षणबाट लेप्टोस्पाईरोसिस भएको पुष्टि भएको हो । रोगको संक्रमण पत्ता लागेसँगै औषधी चलाएपछि विरामीहरुको स्वास्थ्यमा सुधार आएको स्थानिय कमल राईले बताउनुभयो । 

समयमै उपचार नपाएर एक जना नातिनिको मृत्यू भएपनि त्यसपछि उपचार पाउँदा नातिको भने ज्यान जोगाउन सकिएको स्थानीय गंगा राई बताउनुहुन्छ । अस्पताल लगेर उपचार भएपछि नातीलाई सहज भएको उहाँको भनाइ छ ।  

अहिले सो क्षेत्रका स्थानीयको दैनिकी समान्य तर्फ उन्मुख हुँदै गएको छ । विरामीहरु उपचारको फलोअपका लागि मोरङको सुन्दर हरैँचा नगरपालिकाका स्वास्थ्यकर्मीहरुको टोली अनुगमनका लागि जाने गरेका छन् । रोगको संक्रमण देखिएपछि निरन्तर रुपमा चेकजाँचका लागि जाने गरेको स्वास्थ्य चौकी सुन्दरपुरकी अहेव सरिता बस्नेत बताउनुहुन्छ । 

स्वास्थ्यकर्मीको टोलीले अहिले त्यहाँका बासिन्दालाई स्वास्थ्य सरसफाई सम्बन्धि जनचेतना जगाउने काम पनि गर्दै आएका छन् । लेप्टोस्पाईरोसिस रोगको संक्रमण फोहोर र जनावरबाट मानिसमा सर्ने गरेको थाहा पाएपछि त्यसतर्फ सचेतना पनि बढाउन थालिएको छ । फोकल्याण्ड टापुमा फैलिएकोे संक्रमणबाट दुई बालबालिको ज्यान नै गएको थियो ।

Comments