• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
खेलकुद
फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा दुईको मृत्यु , १७ घाइते
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४

१५ साउन । दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको मृत्यु भएको छ । भागदौडमा १७ जना घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको जोहनस बर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको २ जनाकोे मृत्यु भएको हो । प्रि–सिजन कप अन्तर्गतको खेल घटनापछि पनि भएको थियो । रंगशालको गेट खोलेपछि अवस्था नियन्त्रणमा आएको खेल पदाधिकारीले बताएका छन् । खेल काइजर चिफ्सले १–० ले जितेको र टेलिभिजन लाइभ कभरेजको क्रममा खेलमा भागदौडले असर गरेको नदेखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
 

Comments