• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
बिजनेस
स्वास्थ्य परीक्षण सहित सामाजिक सुरक्षा भत्ता घर घरमा
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४

ताप्लेजुङ, १५ साउन । ताप्लेजुङको याङ्वरक गाउँपालिका पाँचका वडाध्यक्षले स्वास्थ्य परीक्षण सहित सामाजिक सुरक्षा भत्ता वडाका घर घरमा गएर वितरण गरेका छन् ।

वडाध्यक्ष तारामान साम्सोहाङले सो वाडाका जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग र दलित बालबालिकालाई गत विहिबार देखि घर घरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गर्नु भएको हो । केहिलाई आज पनि वितरण गर्ने तयारी भएको छ । सो क्रममा स्वास्थ्य चौकि चाक्सिबोटेका प्रमुख रोहित कुमार श्रेष्ठले स्वस्थ्य परीक्षण सहित औषधि वितरण समेत गनुएभएको थियो ।

गत आर्थिक वर्षको चैत देखि असार मसान्त सम्मको ५ लाख १५ हजार २ सय सामाजिक सुरक्षा भक्ता वितरण गरीएको अध्यक्ष साम्सोहाङले जानकारी दिनुभयो । सो क्रममा कृर्षि तथा पशु कार्यालयका प्रतिनिधिहरुले स्थानियलाई घर घरमानै पुगेर विषयगत परामर्ष समेत दिएको बताईएको छ । आफुले स्थानिय तहको निर्वाचन अघि मतदाता माझ राखेको प्रतिबद्धता अनुरुप घरघर पुगेर सामाजिक सुरक्षा भक्ता पहिलोपटक वितरण गरेको र यो क्रम आफ्नो कार्यकाल भर जारी रहने अध्यक्ष साम्सोहाङले बताउनुभयो । 

Comments