• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
अन्तर्राष्ट्रिय
इरानले उपग्रहको अन्तरिक्ष कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको दाबी
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४

१३ साउन । इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

इरानले उत्तरी इरानको सेमनान स्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरेको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको छ । इरानको सरकारी संचारमाध्यमले जनाए अनुसार यो रकेटले २५० किलोग्रामको स्याटेलाइटलाई ५ सय किलोमिटरको उचाइसम्म लिएर जान सक्छ । इरानले रकेट प्रक्षेपण गरेकोप्रति अमेरिकाले भने आपत्ति जनाएको छ ।

अमेरिकाले इरानको कदमले आफूलाई उत्तेजित पारेको जनाएको छ । अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता हिदर नाएर्तले इरानले रकेट प्रक्षेपण गरेको पुष्टि भएमा संयुक्त राष्ट्र संघको प्रस्तावको उल्लंघन हुने बताएका छन् । इरानले भने अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ दिएको जनाएको छ ।

Comments