काठमाडौं, १० साउन । आईसीसी यू(१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६।५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो ।ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए ।
अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए ।नेपालका साहब आलमले ४ विकेठट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।


