• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
खेलकुद
मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४

९ साउन । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ । मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले सात विकेट लिए । यस्तै साहब आलमले दुई विकेट लिएका छन् । पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ । यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।
 

Comments