• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
स्वास्थ्य
वर्षासँगै आएको पहिरोले भोटेकोशी को पुल बगायो
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४

सिन्धुपाल्चोक, ९ साउन । गएराति परेको वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको भोटेकोशी माथिको पुल बगाएको छ ।

बाह्रबिसे भन्दा झण्डै २४ किलोमिटर दूरीमा रहेको कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल पहिरोले बगाएको हो । पहिरोले पुल बगाएपछि तातोपानी गाउँपालिकाका दुई वडासँग सम्बन्ध विच्छेद भएको छ । तत्काल बेलिब्रिज बनाउन नसके त्यहाँ खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन सक्ने सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिनुभयो । सुरक्षा निकायको टोली अहिले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरिरहेको छ ।

भोटेकोशी नदी विस्तारै सामान्य बन्ने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी सिलवालले बताउनुभयो । तर पानी पर्नासाथ नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा दोलालघाटसम्म नै खतरा हुन सक्ने हुँदा सतकर्ता अपनाउन उहाँको सुझाव छ । तीन वर्ष अघि साउन महिनामा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा १४५ जनाको मृत्यु भएको पुष्टि थियो । २०७२ सालमा गएको भूकम्पले पनि सिन्धुपाल्चोक निकै प्रभावित बनेको छ । भूकम्प पछि जमिन हल्लिएकाले यो जिल्लाको पहाडी भूभागमा सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने बाढी विज्ञले बताएका छन् ।

Comments