• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
बिजनेस
ट्राफिक कार्यलय धनकुटा द्वारा एक वर्षमा ४० लाख राजस्व संकलन
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४

धनकुटा, ८ साउन । जिल्ला ट्राफिक कार्यलय धनकुटाले आर्थिक बर्ष २०७३र०७४ मा ४० लाख रुपैंया राजस्व संकलन गरेको छ ।

जिल्लामा सञ्चालित छ हजार एक सय ६४ सवारी साधनले ट्राफिक नियम उलंघन गर्दा सो रकम संकलन भएको हो । कोशी राजमार्ग सहित जिल्लास्थीत विभिन्न सडकमा नियम विपरित संचालनमा आएका मोटरसाईकल, ट्रयाक्टर, ट्रक, जीपकार, बस लगायत सवारी साधनहरुबाट जरीवाना वापत सो राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुरेन्द्र खड्काले वताउनु भयो ।

त्यस्तै धनकुटामा बितेको आर्थिक बर्षमा ४८ सवारी दुर्घटना परी २२ जनाको मृत्यु भएको छ । जिल्लामा राजमार्ग सहित एकसय २५ पक्की, एक सय ग्राभेल पाँच सय बढि कच्चि बाटोमा सवारी साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ ।


 

Comments