६ साउन । आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोट अन्र्तगत आज भएको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुर ४७ औँ ओभरमा १ सय ४६ रनमा समेटियो । एक समय जितको नजिक देखिएको सिंगापुर ४३ औँ ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मजबुद स्थितीमा थियो । तर अन्तिममा ८ रन जोड्न सिंगापुरले आफ्ना तल्लो क्रमका ५ व्याट्सम्यान गुमाएपछि खेल नेपालको पक्षमा मोडिएको हो । नेपालका सन्दिप लामिछानेले ४ तथा पवन सरार्फ र किशोर महतोले समान २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीमा नाममा एक विकेट रह्यो । त्यसअघि इण्डियन एशोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपाल ४७ औँ ओभरमा १ सय ६८ रनमा समेटिएयो ।
दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ५४ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । सन्दिप सुनारले २६, प्रकाश केसीले २३ र रोहित पौडेलले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगीतामा नेपाल ४ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टोलीले अर्काे बर्ष न्युजिल्याण्डमा हुने विश्वकपमा छनोट हुनेछ । आजै भएको अर्काे खेलमा अफगानिस्तानले मलेसियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाले प्रस्तुत गरेको ५९ रनको चुनौती अफगानिस्तानले ५ दशमलव ४ ओभरमा बिना क्षती भेट्टायो ।


