• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
खेलकुद
अध्यायन संगै खेलकुदलाई अगाढी बढाउन सचिब विष्टकाे आग्रह
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

दमक, २ साउन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले आज झापाको दमक स्थित निर्माणाधिन सरमाथा मल्टि मार्शल आर्ट भवन अवलोकन गर्नुभएको छ । 

परिषदका सदस्य सचिब विष्टले दमक ९ स्थित निर्माणधिन भवनको अवलोकन गर्नुभएको हो । अवलोकन पछि आयोजित एक कार्यक्रममा विष्टले खेलाडीहरुलाई अध्यायन संगै खेलकुदलाई पनि संग संगै अगाढी बढाउन आग्रह गर्नुभयो । उहाँले खेलक्षेत्रमा लागेका प्रतिभावान खेलाडीहरुलाई परिषदले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । 

नेपालमा व्यावासायिक तथा ब्यवस्थित मार्शल आर्ट खेलको विकाश गर्ने उदेश्यले सो भवनको निर्माण गरिएको सरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष दिपक धिमालले जानकारी दिनुभयो । कार्यक्रममा उखु खेलकी प्रशिक्षक सिताराई लाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा सासंद महेन्द्र कुमारी सुब्बा, सरमाथा मल्टि मार्शल आर्ट युकेका अध्यक्ष माष्टर राष्ट्र राई, परिषदक क्षेत्रीय सदस्य दिपेन्द्र दाहाल, लगायतको उपस्थिती रहेको थियो ।
 

Comments