• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
दमक नपाको कार्यपालिकामा निर्वाचित सदस्यहरूले गरे सपथ ग्रहण
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

दमक, २ साउन ।  झापाको दमक नगरपालिकाको कार्यपालिकामा निर्वाचित सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित ५ सदस्य र ३ अन्य गरि ८ जना कार्यपालिकामा निर्विरोध निर्वाचित भएका थिए । उनीहरुलाई निर्वाचन अधिकृतको कार्यालय दमकका निर्वाचन अधिकृत बेदराज फुँयालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यपालिकामा निर्वाचितहरु निरमायाँ पुलामी, भक्ता दाहाल, चन्द्रकला विक, सरीता दाहाल र मिना प्याकुरेलले एक साथ सपथ लिनु भएको छ । यस्तै दलित तथा अल्पसंख्यकमा निर्वाचित टीकाराम बलयकोटी, खड्गबहादुर धिमाल र विक्रमकुमार शाह सुडीले पनि सपथ लिनु भएकाे छ । निर्वाचन अधिकृत फुयेँलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कार्यवाहक नगरप्रमुख बोधराज न्यौपानेले कार्यपालिका गठन भएसँगै दमकमा स्थानीय तह निर्वाचनको प्रकृया पूरा भएको बताउनु भयो ।  

Comments