• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
राष्ट्रिय
गर्मी बढे सँगै बढे सर्प दंशको घटना
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

झापा, २ साउन ।  गर्मी बढे सँगै गर्मी याममा हुने सर्प दंशको घटना पनि बढ्न थालेको छ । 

गत बैसाख देखी असार मसान्त सम्मको तथ्यांकका आधारमा सर्प दंशका बिरामी बढेको सर्प दंश उपचार केन्द्र दमकले जनाएको छ । सर्पले टोक्ने बित्तीकै प्राथमीक उपचार समेत थाहा नपाउँदा कतिपय सर्वसाधरण समस्यामा पर्ने गरेका छन् । कतिले त सर्पले टोकेको समेत चाल पाउँदैनन् । 

सर्पले टोकेका उपचार गराउन आउने बिरामीको संख्या बिगतको वर्ष भन्दा यो वर्ष कम रहेको छ । ०७२-७३ को आर्थिक वर्षमा १ हजार २ सय ६ जना बिरामी उपचार गराउन आएका थिए भने ७३- ७४ मा १ हजार ७९ जना सर्पले टोकेका बिरामी आएको तथ्यांक सर्प दंश उपचार केन्द्र दमकमा छ । सर्प दंश उपचार केन्द्रका अनुसार बैशाख देखी हाल सम्म भने सर्पले टोकेका बिरामीको संख्या क्रमश बढेको छ ।

बैशाखमा ७१, जेठमा ९१ र असारमा १ सय २६ जना सर्पले टोकेका बिरामी आएको सर्प दंश उपचार केन्द्र दमकले जनाएको छ । ८९ प्रकारका सर्प पाईने नेपालमा १७ प्रजातीका सर्पहरु बिषालु छन् । ति मध्ये नेपालकै पहिलो दमकको सर्प संग्रालयमा ७ जातीका बिषालु र ८ प्रजातीका अविषालु सर्प राखीएको छ । 

सर्पले टोकी हालेमा अपनाउनु पर्ने बिभिन्न प्राथमीक उपचार आफ्नै घरमा समेत गर्न सकिन्छ । तर यो कुरा थोरैमात्र सर्वसाधारणले थाहा पाएका छन् । सर्पले टोकेको थाहा पाउने बित्तीकै केहि प्राथमिक उपचार गर्न सके ठुलो क्षतीबाट समेत बच्न सकिने कुरा सर्प दंश उपचार केन्द्र दमकका प्राविधिक खेमचन्द्र अधिकारीले जानकारी दिनु भयो । 

 

Comments