• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
किन हुन्छ झ्याप्प झ्याप्प बिद्युत कटौती, यस्ताे छ समस्या
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

 दमक, २ साउन ।  हिजो आज झापाको दमक र यस आसपासका शहर तथा गाउहरुमा झ्याप्प झ्याप्प बिद्युत कटौती हुने गरेको छ ।

जसले गर्दा सेवाग्राही समस्या परिरहेका छन् भने बिजुलीबाट चल्ने उपकरण बिग्रने डर पनि उत्तिकै बढेर गएको छ ।  ५ मिनेट बत्ति आउने अनि १५ मिनेट बत्ति जाने । अत्याधिक गर्मी अनि त्यसमाथि बिना सूचना नै बिद्युत कटौती । जसले गर्दा सर्बसाधारण रातीसमेत जाग्राम बस्न बाध्य हुन थालेका छन् । 

यसरी बिना जानकारी जुनसुकै समयमा पनि बिजुली गएर हैरान खेपिरहेका उपभोक्तालाई नेपाल बिद्युत प्रधिकरण दमक बितरण केन्द्र भने समयमा पानी नपरेका कारण समय समयमा बिजुली जाने गरेको प्रतिक्रिया दिईरहेको छ ।  नेपाल बिद्युत प्रधिकरण दमक बितरण केन्द्रको ७० हजार उपभोक्ता रहेकोमा १६ हजार ५ सय सिचाई गर्ने ग्राहक रहेको प्राधिकरणले जनाएको छ । त्यसै गरि उर्लावारी , पथरी शनिश्चरे र राजगढको समेत पावर सप्लाई दमकवाटै हुने भएकोले पनि लोड बढि भएको दमक प्राधिकरणका प्रमुख शाह बताउनुहुन्छ ।  

अझै पानी परेन भने फोर्स लोडसेटिङ अर्थात स्थानीय लोड सेडिङ समेत हुन सक्ने संभावना रहेको प्रधिकरणले जनाएको छ । तर यसको तत्कालिन र दिर्घकालिन समाधान पनि रहेको र प्रधिकरणले तत्कालै यी कामहरु सुरु गर्ने जनाएको छ ।  यसरी बिना जानकारी  र बिभिन्न बाहनाबाजीमा बिजुली जानु सबै उपभोक्ताका लागि हैरानी हो । यसरी बिजुली जाँदा ठुला ठुला उद्योग धन्दा चलाउनेलाई त नोक्सान हुन्छ नै सर्वसाधारणमा समेत असर पर्ने गर्छ । त्यसैले अव दमक सहित बिभिन्न क्षेत्रमा निरन्तर बिद्युत आपुर्ती गर्न यसको तत्कालै समधान खोजीहाल्नु पर्ने देखीन्छ । 


 

Comments