• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
खेलकुद
यू-१९ विश्वकप छनौटमा नेपालको विजयी सुरुवात
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

२ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ । 

 ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो । नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले १२ बलमा ११ रन बनाए । नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउँदा आउट भए । दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउँदा आउट भए । उनलाई रोहन रंग राजनले आउट गरेका थिए । प्रनितलाई अंश भार्गवले आउट गरेका थिए भने अनिल शाहलाई आहान गोपीनाथ आचरले आउट पारेका हुन् ।

पहिले ब्याटिङ गरेर २९ ओभरमा ७३ रन बनाउँदा सिंगापुर अल आउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।  यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाएका थिए । उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए  । नेपाल दुई वर्षअघि बंगलादेशमा भएको १९ बर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनल सम्म पुगेको थियो । त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण नेपाल र अफगानिस्तानले यो छनोट प्रतियोगिता खेल्न पाएका हुन् ।

Comments