• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
राष्ट्रिय
गोपालप्रसाद पराजुलीले अाज प्रधानन्यायाधीशकाे सपथ ग्रहण गर्ने
प्रकाशित मिति: सोमबार, साउन २, २०७४

काठमाण्डाैँ, २ साउन । गोपालप्रसाद पराजुलीले आज  प्रधानन्यायाधीशको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै उहाँले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा हुने कार्यक्रममा सपथपछि पराजुलीले आजनै सर्वोच्च अदालतमा पदवहाली गर्नुहुनेछ । संसदीय सुनुवाईका क्रममा पराजुलीले हिजो न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्यसम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताउनुभएको थियो । त्यसअघि कानून ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएको हो । उहाँ आउदो वैशाख १५ गते प्रधानन्यायाधीशबाट अवकास पाउनुहुनेछ ।  

Comments