• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
साउने संक्रान्ति पर्व मुलुकभर मनाइदै, यस्ताे छ महत्व
प्रकाशित मिति: आइतबार, साउन १, २०७४

१ साउन । आज साउने संक्रान्ति पर्व मुलुकभर मनाइदैछ ।

सौर्यमान्य अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देश नेपालमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथन अनुसार आषाढ महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजका दिन मिठो खाने गर्दछन् । यसैदिन साँझ लुतो, दाग आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन तुलो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको मानिन्छ ।

यसैगरि अर्कातिर अन्नवालीमा कुनै पनि प्रकारको रोग किरा नलागोस भनेर विशेषगरि मकैबालिमा राके अर्थात डढुवा रोग नलोस भनेर खेत तथा बारी राके नामले आजैसाझमा आगोको अगुल्टो फाल्ने चलन पनि रहेको छ । प्रचलन अनुसार कागभलायो, लुतेझार, पानीसरो आदि औषधीय वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याक्ने गरिन्छ । महिलाहरुले भने साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनका साथै शिवलाई ‘प्रसन्न पार्न’ सोमबारे ब्रत बस्दछन् । यो महिना भरको प्रत्येक सोमबार बोलबम नामले शिव लिगहरुका साथै शिवालय मन्दिर तथा ताल तलैया नदिहरुमा भगवान शिवलाई जल चडाउने प्रचलन पनि रहदै आएको छ ।


 

Comments