• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
बिजनेस
जाली कागजात बनाई सावरी साधन दर्ता र बिक्री गर्ने गिरोह पक्राउ
डिल्लीराज पन्त प्रकाशित मिति: शनिबार, आषाढ ३१, २०७४

कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी छाप कागजात किर्ते गरी सवारी साधन विक्रिवितरण गर्ने समूह पक्राउ गरेको छ । 

कैलाली भजनी ३ बस्ने ३७ वर्षिय गोकुल प्रसाद श्रेष्ठले नक्कली कागजात दस्तखत किर्ते गरी सवारी साधनदर्ता गराई अन्य ब्यक्तीलाई विक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएका छ । श्रेष्ठले राजश्व अनुसन्धान मध्यमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पथरिया बारा र छोटीभन्सार कार्यालय गुलरयिाबर्दिया लिलाम सकार गरेको नक्कली कागजात सूचना र अन्य नक्कली कागजात बनाई सवारी साधनहरु महाकाली र सेती यातायात कार्यालयमा विभिन्न मितिमा दर्ता गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धान ले जनाएको छ । 
उक्त समूहले विक्री गरेका ६ र दर्ता प्रकृयामा रहेका २ जिपकार प्रहरीले बरामद गरेको छ भने २२ मोटरसाइकल समेत पक्राउ गरी जिल्लाप्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको छ । ४० लाख पर्ने कार २२ लाखमा बिक्री गरेको र त्यसै प्रकारले अन्य सवारी साधनहरु सस्तो मुल्यमा विक्री गरिएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश बहादुर चन्दले बताउनुभयो  । 
प्रहरीले विशेष सूचनाका आधारमा घटनाको अनुसन्धान गरेको र अपराधी पक्राउ गरेको हो । जिप्रका कञ्चनपुरका प्र.ना.उ. भीमबहादुर दाहालको नेतृत्वमाश्रेष्ठलाई यहि २९ गते पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिकगरिएको हो । 
प्रारम्भिक अनुसन्धानका क्रममाश्रेष्ठ प्रहरीबाट लुकेर बसेको थियो, प्रहरीले श्रेष्ठलाई खोजी गर्र्ने क्रममा प्यूठान, पाल्पा, कास्की, बुटवलल लगायतका ठाँउमा ट्रयास गरेको जानकारी दिएकाछन् । 
 

Comments