• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
बिजनेस
यातायात कार्यालय ईटहरीमा राजश्व छलिकाे अर्को कर्तुत फेला
प्रकाशित मिति: शनिबार, आषाढ २४, २०७४

ईटहरी २४ असार ।कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयमा काम गर्ने दलालहरुले नक्कली विल र एउटै विलबाट एक भन्दा बढिको कारोबार गर्ने गरेको पाइएको छ ।

एउटै विल नम्बरको इन्ट्रि गरि एक भन्दा बढिको कारोबार गरेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीले एक व्यक्रिलाई पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै इटहरी स्थित यातायात कार्यालयमा हुने राजश्व छलिका घटना नरोकिएको  खुलासा भएको छ ।

दलालहरुले ग्लोबल आईएमई बैंकको नक्कली विल प्रयोग गरी कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई ठगि गर्दै राजश्व छलि गरेको पाइएको हो ।

इनरुवाका रामनारायण मण्डलले मोटरसाईकल नविरकण गर्दा ग्लोबल आईएमई बैकको भौचरको ४४७९३०५ नम्वरको दुई वटा विलमा बैकले २१३९७१ नम्वरमा इन्ट्री भएको छ । एउटा भौचरमा को२५ प८४१३ नम्बरको मोटरसाईकलको नविकरण बापत ६ हजार ३सय राजशव काटेको उल्लेख गरिएको छ । तर सोही नम्बरको अर्को विलमा को२५ प८४१३ नम्बरमा ३ हजार ३ सय राजश्व र अर्को को२५प ९०१५ नम्बरको मोटरसाईकलको राजश्व ३ हजार भनी उल्लेख गरिएको छ ।

एउटै नम्बर इन्ट्रि गरिएको बिल भौचरमा दुई फरक फरक विवरण उल्लेख गरिएको छ । जसलाई बैंक र यातायात कार्यलयले छाप लगाएर प्रमाणीत पनि गरेको छ । यसरी सेवाग्राहीलाई एउटा बिल दिने र कार्यलयमा अर्को इन्ट्रि गर्ने गरेको देखिएको छ । 

एउटा विलमा थोरै रकम र अर्कोमा धेरै रकम देखाएर राजश्व छलि गरी सेवाग्राही ठगि गरेको देखिएकाले एक व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिनुभयो । दलालहरुले ग्लोवल बैकको विल र यातायात कार्यलयको छाप समेत किर्ते गरी सेवाग्राहीलाई झुक्याउँने गरेको पाइएको उहाँले बताउनुभयो । 

प्रहरीले रामधुनी नगरपालिका घर भएका अमित कुमार चौधरीलाई पक्राउ गरेको छ । चौधरी  इटहरीमा स्याटा टेनिङ प्रा.ली. र नेपाल जनरल मार्केट प्रा.ली मा काम गर्ने लेखन्दास हुन । उक्त प्रा.लीका सञ्चालक पुण्यप्रसाद पौडेलले लामो समय देखि यसरी नै काम गर्ने गरेको पक्राउ परेका चौधरीले प्रारम्भिक बयान दिएको प्रहरीको भनाई छ । 

नक्कली विल भौचर प्रयोग गरी कार्यलयका छापको दुरुपयोग गर्नेलाई पक्राउ गरी कारबाही गर्ने प्रहरी नायव उपरिक्षक सुवेदीले बताउनुभयो । 

यातायात कार्यलयमा राजश्व छलिमा तत्कालिन कार्यलय प्रमुख सहित अन्य ५ जना कर्मचारीलाई दोषी ठहराई विगो माग दावी सहित अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ ।तर यातायात कार्यलयमा खुलेयाम घुम्ने दलालहरुले कर्मचारीलाई प्रभावित पार्दै राजश्व छलि गरिरहेका छन् । 
 

Comments