• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
अन्तर्राष्ट्रिय
प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७६ जना प्रहरी घाइते
प्रकाशित मिति: शुक्रबार, आषाढ २३, २०७४

२३ अाषाढ । जर्मनीमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७६ जना प्रहरी घाइते भएका छन् । 

हैम्बर्ग शहरमा हुन लागेको जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७६ जना प्रहरी घाइते भएका हुन् । प्रदर्शनकारीतर्फ पनि उत्तिकै संख्यामा घाइते भएका छन् । हजारौं संख्यामा रहेका प्रदर्शनकारीको ¥याली रोक्न प्रहरीले हस्तक्षेप गरेपछि घटना हिंसात्मक बनेको हो । प्रहरीले भने कालो पहिरनमा रहेका करीब एक हजार प्रदर्शनकारीले मुखमा रहेको पट्टी हटाउन नमानेपछि कारवाही गर्नुपरेको जनाएको छ । क्रुद्ध बनेका प्रदर्शनकारीले गाडीमा आगजनी गर्नुका साथै तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीलाई सम्मेलनस्थल जानबाट रोक्नकै लागि सरकारले २५ हजार प्रहरी तैनाथ गरेको थियो ।

यता शिखर सम्मेलनमा जुटेका जी–२० का नेताहरुबीच भने थुप्रै विषयमा मतभेद देखिएको छ । खासगरी जलवायु परिवर्तन र व्यापार जस्ता विषयमा ठूलो असमझदारी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु  सम्बन्धी पेरिस सम्झौता नमान्ने बताएपछि यसले ठूलो हलचल ल्याएको छ । यसै विषयमा ट्रम्प र जर्मन चान्सलर एञ्जेला मर्केलबीच अलग्गै छलफलसमेत भएको छ । यसैबीच यही सम्मेलनका क्रममा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसंग राष्ट्रपतिका हैसियतमा पहिलो पटक भेट गर्दैछन् 

Comments