• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
बिजनेस
ताप्लेजुङबाट चिन जोड्ने सडक निर्माणका लागि अर्थले दियो ६० करोड
प्रकाशित मिति: शुक्रबार, आषाढ ९, २०७४

ताप्लेजुङ,९, असार ।  नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्डका लागि बहुबर्षिय ठेक्का मार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले झण्डै साढे ६० करोड रुपैंयाको स्विकृती दिएको छ ।

अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई बहुबर्षिय ठेक्का सहमति प्रदान गरेको हो । उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बहुबर्षिय ठेक्का प्रणाली मार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाइ ६० करोड ४५ लाखको बजेटमा सहमति दिएको बताए ।

करिव ३ महिना अघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडक खण्डलाइ ओलाङ्चुङगोला र टीपतालापास सम्म जोड्ने प्रयास स्वरुप ६० करोड बढीको बजेट प्रस्ताव सडक बिभागमा पेश गरेको बताएको थियो ।

सडक बिभाग हुदै भौतिक मन्त्रालय मार्फत अर्थ पुगेको बजेट प्रस्तावलाइ अर्थले सहमति प्रदान गरेपछि पूर्वी नेपालको समृद्धिको ढोका खुल्ने संकेत देखिएको छ । उत्तर दक्षिण लोकमार्ग आयोजनाको यो खण्डका लागि बजेट प्राथामिकतामा नपरेको स्थानीयको गुनासो र दलहरुको तिव्र दबाव संगै अर्थले लोकमार्ग आयोजनाको वाँकी कामका लागि बहु बर्षिय ठेक्का प्रणालीमा सहमति जनाउदै रकम कबोल समेत गरेको छ ।

उत्तर दक्षिण लोकमार्ग आयोजना हुदै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुगेकोे प्रस्तावलाइ भौतिक मन्त्रालयले चलानी नम्बर १९०८, मिति २०७३ साल चैत २७ गते अर्थ मत्रालयमा पेश गरेको थियो । ९५ किलोमिटर दुरी रहेको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्डको अब ४६ किलोमिटर खण्ड मात्र खन्न बाँकि रहेको छ ।

Comments