• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
अन्तर्राष्ट्रिय
दार्जिलिङमा चलिरहेको आन्दोलनमा १० दलको गठबन्धन
प्रकाशित मिति: बिहीबार, आषाढ ८, २०७४

दार्जिलिङ् ८ असार । भारतको पश्चिम बंगाल स्थित पूर्वी पहाडी क्षेत्र दार्जिलिङमा केही दिन यता चलिरहेको आन्दोलनमा १० दलको गठबन्धन बनेको छ । उनीहरुले जारी आन्दोलनलाई झन् कडा बनाइने निर्णय पनि गरेका छन् । 
अनिश्चितकालिन हड्ताल निरन्तर रहेको छ । पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाल भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि बल्झिएको नेपाली भाषी बाहुल्य पहाडी जिल्ला दार्जिलिङ केहि दिनदेखि विद्रोहमा उत्रेको हो ।

अबको एजेण्डा गोर्खाल्याण्ड मात्र रहेको भन्दै दार्जिलिङका १० वटा राजनीतिक दल एक ठाउँमा उभिएका छन् । उनीहरुले अलग राज्य गोर्खाल्याण्ड प्राप्तीको आन्दोलनमा एक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सर्वदलीय वैठकमा सहभागी दलहरुले गोर्खाल्याण्ड टेरीटोरियल एड्मिनिष्ट्रसेनको साटो गोर्खाल्याण्ड प्राप्तिका लागि आन्दोलन गरिने सहमति गरेका हुन् ।

मोर्चाले भने सन् २०११ जुलाई १८ मा जीटीए गठनमा सम्झौता गरेको थियो । अरु दलले मोर्चालाई जीटीए त्यागेर आन्दोलनमा आउन आग्रह गरेका छन् । सर्वदलीय बैठकले राज्य सरकारले दार्जिलिङमा परिचालित सेना, केन्द्रीय रिजर्भ पुलिस फोर्स र अरु सुरक्षाकर्मी फिर्ता नबोलाएसम्म बन्द जारी राख्ने निर्णय गरेका छन् ।

उनीहरुले राज्य सरकारसँग कुने वार्ता र संवाद नहुने भन्दै केन्द्र सरकारसँग भने गोर्खाल्याण्ड बनाउने शर्तमा वार्ता गर्न सकिने बताएका छन ।
 

Comments