• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
मोफसल समाचार
दमकमा विवेकशिल नेपाली दलकाे अन्तरकृया सम्पन्न, परिवर्तनहरु युवाहरुबाटनै संभव: दर्शना
प्रकाशित मिति: सोमबार, आषाढ ५, २०७४

दमक ५ असार । विवेशशिल नेपाली दलले आज झापाको दमकमा स्थानीय युवाहरु संग अन्तरकृया गरेको छ ।

पहिलो चरणका निर्वाचनमा काठमाण्डौ महानगरबाट सम्माजनक मत पाएको विबेकशिलले झापाको दमकमा पनि मेयर पदका उमेदवारी दिएको छ । वर्तमान राजनीतिक अवस्था र युवाहरुको भुमिका विषयमा अन्र्तक्रिया गरिएको थियो ।

कार्यक्रममा विवेशिलकी कार्यपालिका सदस्य रञ्जु दर्शना न्यौपानेले मुलुकमा पटक पटक भएका राजनीतिक परिवर्तनहरु युवाहरुबाटनै संभव भएको बताउनु भयो ।

विबेकशिलले विगत केहि वर्षदेखि झापामा पनि नेपाल बन्द र भ्रष्टचारका विरुद्धमा अभियान संचालन गर्दै आएको छ । दलका दमक नगरका मेयर पदका उमेदवार सुवाष सुवेदीले दलहरु भित्र देखिएको युवा विभेद भष्टचारको अन्त्य सुसाशनकालागि आफनो उमेदवारी र्हेको बताउनु भयो । कार्यक्रममा दलका व्यवस्थापिका प्रमुख गोविन्द नारायणको समेत बोल्नु भएको थियो ।

Comments