• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
राष्ट्रिय
तेह्रथुमका छ स्थानीय तहमा ७ सय ८६ को उम्मेदवारी,  दाबी विरोध परेन
प्रकाश धौलाकोटी प्रकाशित मिति: सोमबार, आषाढ ५, २०७४

तेह्रथुम, ५ असार । तेह्रथुमका छ स्थानीय तहमा ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएको सूची सार्वजनिक गरेको हो । सोमबार दिनभरका लागि छुट्याइएको दाबी विरोधको कार्यक्रममा कसैमाथि पनि दाबी विरोध नआएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।
आइतबार राति अबेरसम्म भएको मनोनयनमा म्याङलुङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जना र लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ जनाले मनोनयन गरेका छन् । यस्तै आठराई गाउँपालिकामा ३७ पदका लागि १ सय ३१ जना, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय जना र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको छ । 
यसैबीच मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित भएकी छिन् । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित भएकी हुन् । उनलाई मंगलबार औपचारिक रुपमै निर्विरोध निर्वाचित भएको घोषणा गरिने र प्रमाण पत्र भने अन्य निर्वाचित प्रतिनिधिहरु सँगै दिइने निर्वाचन कार्यालयले जनाएको छ ।
 

Comments