• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
मोफसल समाचार
गाउँदेखि बजारसम्म अझैपनि छुवाछुत गर्ने चलन कायमै, विभेद विरुद्ध उजुरी लिनै नमान्ने गरेको गुनासो
प्रकाशित मिति: शुक्रबार, आषाढ २, २०७४

तेह्रथुम, २ अषाढ । तेह्रथुमका गाउँदेखि बजारसम्म अझैपनि सानो जात भन्दै छुवाछुत गर्ने चलन कायम रहेको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् ।

विगत भन्दा केही हदसम्म कम भएपनि गाउँघरमा जातकै आधारमा विभेद गर्ने, छुवाछुत गर्ने, जातकै आधारमा विभिन्न अवसरहरुबाट बन्चित गर्ने  लगायत विभेदहरु कायम रहेको उनीहरुले गुनासो गरेका छन् । नेपाल सरकार मातहतको दलित उत्थान जिल्ला समन्वय समितिले म्याङलुङ्गबजार, छथरको शुक्रबारे र फेदाप गाउँपालिकाको पोक्लाबाङमा सन्चालन गरेको अन्तरक्रिया तथा दलित क्षमता विकास तालिममा सहभागीले कानुनी रुपमा दण्डनीय मानिएको जातीय विभेद विरुद्ध प्रशासनले उजुरी लिनै नमान्ने गरेको गुनासो गरेका छन् । नेपाललाई २०६३ साल जेठ २१ गते नै छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । २०६३ को अन्तरिम संविधान र २०७२ को नयाँ संविधानले जातीय भेदभावलाई दण्डनीय भनेको भएपनि कार्यान्वयन हुन सकेको छैन ।

Comments