• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
बिजनेस
ताप्लेजुङलाई बजेट २ अर्ब ११ करोड, गाउँपालीकाको लागि मात्र १ अर्ब ७६ करोड
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०७४

ताप्लेजुङ १६ जेठ /  सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा पुर्वी पहाडी जिल्ला ताप्लेजुङका लागि २ अर्ब ११ करोड ६२ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

संघीय लोकतान्त्रिक संविधान अनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । आठ वटा गाउँपालीकाको लागि मात्र १ अर्ब ७६ करोड २० लाख ७ हजार रुपैयाँ बजेट आएको छ । फुङ्लिङ नगरपालीकामा ३५ करोड ३२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरीएको छ ।

आठराई त्रिवेणी गाउँपालीकामा २० करोड ६५ लाख ८ हजार, फाक्ताङ्लुङ गाउँपालीकामा २५ करोड ९५ लाख ९० हजार बजेट छुट्याईएको छ भने मिक्वाखोला गाउँपालीकामा १७ करोड ५४ लाख ९६ हजार बजेट छुट्याईएको छ ।

मेरीङ्देन गाउँपालीकामा २२ करोड २४ लाख ६८ हजार, मैवाखोला गाउँपालीकामा १८ करोड ८ लाख ५५ हजार, याङ्वरक गाउँपालीकामा २१ करोड ७३ लाख ४७ हजार रुपैयाँ बजेड विनियोजन गरीएको छ । यस्तै सिदिङ्वा गाउँपालीकामा २१ करोड ८० लाख ७० हजार रुपैयाँ बजेट छुट्याईएको छ ।

सिरिजंघा गाउँपालीकामा २८ करोड २६ लाख ७३ हजार बजेट बिनियोजन गरीएको छ । जनसंख्या, भौगोलिक बनावट लाई ध्यानमा राख्दै बजेट विनियोजन गरेको सरकारले बताएको छ । 

Comments